१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ चैत २१ शनिबार
  • Saturday, 05 July, 2025
रमेश रावल वीरेन्द्रनगर
२o७७ चैत २१ शनिबार १७:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काँक्रेबिहार संरक्षित क्षेत्रमा आगलागी

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
नयाँ पत्रिका
२o७७ चैत २१ शनिबार १७:o६:oo

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ स्थित काँक्रेविहार संरक्षित क्षेत्रमा भीषण आगलागी भएको छ । शनिबार दिउँसो करिब १ बजेदेखि आगलागी सुरु भएको हो । 

दिउँसो एक बजेदेखि आगलागी सुरु भएको र अहिलेसम्म पनि नियन्त्रणमा आउन नसकेको स्थानीयले बताएका छन् ।आगलागी नियन्त्रणका लागि नेपाली सेना, प्रहरी र स्थानीयहरू आगलागी नियन्त्रणका गर्न थालेको स्थानीय नविना श्रेष्ठले जानकारी दिइन् । 

आगलागी हुँदा काँक्रेबिहार क्षेत्रमा रहेका जनावरहरूको भागाभाग भएको छ । झन्डै चार किलोमिटर क्षेत्रफलमा आगलागी भइसकेको स्थानीयले बताएका छन् ।