१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नवीन गुरुङ संखुवासभा
२o८१ बैशाख २४ सोमबार १८:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

संखुवासभामा बस दुर्घटना हुँदा ३२ घाइते

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १८:१५:oo

संखुवासभाको धर्मदेवी नगरपालिकामा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । जिल्लाको मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको को‍.१‍ख २८२४ नम्बरको शुभम डिलक्स बस धर्मदेवी नगरपालिका– ४ मा शुक्रबार बिहान दुर्घटना भएको संखुवासभाकाे इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले बताए ।

उनका अनुसार बसमा सवार ३२ जना सबै घाइते भएका छन् । १३ जना गम्भीर घाइते भएको प्रहरी निरीक्षक खतिवडाले बताए । गम्भीर घाइते १३ जनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र सामान्य घाइतेको चैनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको खतिवडाको भनाइ छ ।

बसचालक र सहचालक फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
 

ad
ad