Skip This
वरिष्ठ नेता नेपालसहित पाँच नेतालाई स्पष्टीकरण लिने एमालेको निर्णय
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ चैत ७ शनिबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ चैत ७ शनिबार १७:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वरिष्ठ नेता नेपालसहित पाँच नेतालाई स्पष्टीकरण लिने एमालेको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ चैत ७ शनिबार १७:१४:oo

एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित पाँचजना नेतालाई स्पष्टीकरण लिने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको केन्द्रीय कमिटी बैठकले नेपालसहित नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण लिने निर्णय गरेको हो । 

उनीहरूमाथि पार्टी हितविपरीत काम गरेको आरोप लगाइएको छ । बैठकमा अध्यक्ष केपी ओलीले पार्टीमा गुटबन्दी अस्वीकार्य हुने बताएका थिए । पार्टी विधानअनुसार नचलेको भन्दै नेपाल–खनाल पक्षले बैठक बहिष्कार गरेको थियो । 

विधानविपरीत भएको एकलौटी निर्णय खारेज हुनुपर्ने, पार्टीलाई एमालेको निर्वाचित कमिटीमा फर्काउनुपर्नेलगायतका माग नेपाल–खनाल समूहको छ । 

बैठकले संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्द सूचीमा रहेको नाम हेरफेर गर्ने जिम्मेवारी अध्यक्ष केपी ओलीलाई दिएको छ ।

संसदीय दलको विधान केन्द्रीय कमिटीबाट अनुमोदन भएको छ ।