१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
तेजराज भट्ट सुदूरपश्चिम
२o८१ बैशाख २४ सोमबार o८:१२:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

गोपीचन्द्र र गौरिका उत्कृष्ट खेलाडी

Read Time : > 1 मिनेट
तेजराज भट्ट, सुदूरपश्चिम
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:१२:oo

सुदूरपश्चिम स्पोर्टस् अवार्डमा एथलेटिक्सका गोपीचन्द्र पार्की र पौडीकी गौरिका सिंह वर्ष खेलाडी बनेका छन् । गोपिचन्द्र पुरुष तथा गौरिका महिलातर्फ वर्षकै उत्कृष्ट खेलाडी घोषित भएका हुन् । पार्कीले १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा पाँच हजार मिटरको मध्यम दूरीमा स्वर्ण पदक जित्दै कीर्तिमान कायम गरेका थिए । गौरिकाले १३औँ साग चार स्वर्ण, दुई रजत र तीन कास्य जितेकी थिइन् ।

भलिबलकी सरस्वती चौधरीले पिपुल च्वाइस अवार्ड प्राप्त गरिन् । यो अवार्डका लागि मनोनयनमा परेका उनले पौडीकी गौरिका र क्रिकेटकी अञ्जली चन्दलाई पछाडि पारिन् । नेपाली महिला भलिबल टोलीले बंगलादेशमा सम्पन्‍न सेन्ट्रल जोन भलिबलमा स्वर्ण जित्दा चौधरी प्रमुख खेलाडी बनेकी थिइन् । उनले १३औँ सागमा नेपाललाई भलिबलमा ऐतिहासिक रजत पदक दिलाएकी थिइन् । 

पार्कीले १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा पाँच हजार मिटरको मध्यम दूरीमा स्वर्ण पदक जित्दै कीर्तिमान कायम गरेका थिए । गौरिकाले १३औँ सागमै चार स्वर्ण, दुई रजत र तीन कास्य जितेकी थिइन् ।

कुस्तीका राजेन्द्र चन्द वर्ष प्रशिक्षक घोषित भए । उनको प्रशिक्षणमा नेपालले १३औँ दक्षिण एसियाली खेलकुदमा कुस्तीमा पहिलो स्वर्ण जितेको थियो । उनले नेपाललाई १३औँ सागमा एक स्वर्णसहित तीन रजत र तीन कास्य दिलाएका थिए । एथलेटिक्सका लक्ष्मीदत्त भट्टलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरियो । तीन दशकअघि चारपटक नेपाल च्याम्पियन बनेका भट्ट प्रशिक्षणमा व्यस्त रहे । 

तेक्वान्दोकी आयशा शाक्य र क्रिकेटकी अञ्जली चन्द वर्षको स्पेसल अवार्डबाट सम्मानित भए । १३औँ सागमा आयशाले दोहोरो स्वर्ण पदक जित्दै इतिहास रचेकी थिइन् । अञ्जलीले १३औँ सागअन्तर्गत महिला क्रिकेटमा नेपालले माल्दिभ्समाथि १० विकेटको जित हात पार्दा कीर्तिमानी बलिङ गरेकी थिइन् । कुस्तीकी संगीता धामी वर्ष युवा खेलाडी घोषित भएकी छिन् । 

उनले १३औँ सागमा कुस्तीमा नेपाललाई पहिलो स्वर्ण जिताएकी थिइन् । ब्याडमिन्टनका प्रिन्स दाहाल र कुस्तीकी सिवाङ दुवे सुदूरपश्चिम आइकन घोषित भए । दाहालले १३औँ सागमा दोहोरो रजत पदक र २१ वर्षमुनिको प्रतिस्पर्धामा दोहोरो कास्य पदक जितेका थिए । वर्ष महिला र पुरुष, लोकप्रिय र उत्कृष्ट प्रशिक्षकलाई जनही ३० हजार रुपैयाँ प्रदान गरिएको छ । लाइफ टाइम एचिभमेन्ट अवार्ड, युवा वर्ष खेलाडी र स्पेसल अवार्ड विजेताले जनही २५ हजार तथा  सुदूरपश्चिम आइकन विजेताले नगद २० हजार रुपैयाँ प्राप्त गरे ।  

राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा विभिन्न खेलाडीलाई अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ । खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा सुदूरपश्चिम स्पोर्टस् अवार्डको दोस्रो संस्करण धनगढीमा भएको हो । 

ad
ad