१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार १४:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

जनतालाई ऋण बोकाएर सरकारले घिउ खाएको छ : बालकृष्ण खाण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १४:o६:oo

नेपाली कांग्रेसका नेता तथा सांसद बालकृष्ण खाणले सरकारले ऋण लिएर आफूले घिउ खाएको आरोप लगाएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै खाणले नेपाली जनताको टाउकोमा यति धेरै ऋण अहिलेसम्म नभएको भन्दै अहिलेको सरकारले आफूले घिउ खाएर जनतालाई ऋण थोपरेको आरोप लगाएका हुन् । 

उनले हामी ऋण लिउँ तिर्ने बेला अरू आउँछन् भन्ने सरकारको प्रवृत्ति भएको बताए । चालू खर्च बढाउने, तर पुँजीगत खर्च खटाउने सरकारको रणनीतिले विकासका कामहरू प्रभावित भएको उनले उल्लेख गरेका छन् । संघ, प्रदेश र स्थानीय तहमा पुँजीगत खर्च घटेको छ, पुँजीगत खर्च खट्दा कसरी विकास हुन्छ भनी प्रश्न गरेका छन् । 

मजदुर, किसान, उद्योगी, कर्मचारीको हालत के–कस्तो छ त्यो विषय स्पष्ट हुने गरी श्वेतपत्र जारी गर्न पनि सरकारलाई खाणले आग्रह गरेका छन् ।  अर्काे एक प्रसंगमा सांसद खाणले  सर्वाेच्च अदालतले प्रधानमन्त्रीको कदम असंवैधानिक भनिसक्दा पनि मार्गप्रशस्त नगर्नु लस्जास्पद भएको बताए । उनले प्रधानमन्त्रीले विधिको शासन मान्छौँ भन्ने अनि असंवैधानिक कदमको उत्तरदायित्व  लिनुपर्छ कि पर्दैन   भनेर प्रश्न समेत गरे ।

ad
ad