मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ फाल्गुण २६ बुधबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ फाल्गुण २६ बुधबार १५:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपाका नेताहरूबीच पेरिसडाँडामा छलफल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ फाल्गुण २६ बुधबार १५:५o:oo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच छलफल भएको छ । 

माओवादी पार्टी कार्यालय पेरिसडाँडामा शीर्ष नेताहरूबीच छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

माओवादी केन्द्रको बुधबारको स्थायी कमिटी बैठकले कांग्रेस र जसपाका नेताहरूसँग थप छलफल गर्ने निर्णय गरेको थियो । पार्टी निर्णयअनुसार छलफल भएको सापकोटाले बताए । 

प्रचण्डले मंगलबार जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।