१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७७ फाल्गुण २६ बुधबार ०८:१५:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मानव–वन्यजन्तु द्वन्द्व रोक्न ‘हात्ती मेरो साथी’ अभियान

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण २६ बुधबार ०८:१५:००

मानव–वन्यजन्तु द्वन्द्व रोक्न बर्दियामा ‘हात्ती मेरो साथी’ अभियान सुरु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कर्तनिया वन्यजन्तु आरक्षबीच पर्ने खाता जैविकमार्ग क्षेत्रमा सो अभियान सुरु भएको हो । हात्ती र मानवबीच द्वन्द्व न्यूनीकरण गर्ने र हात्तीबाट हुने धनजनको क्षति कम गर्ने उद्देश्यले अभियानको सुरुवात गरिएको निकुञ्जले जनाएको छ ।

हात्ती आहाराको खोजीमा खेतबारीमा आएको समयमा सावधानी नअपनाउँदा धेरै मानिसको मृत्यु हुने गरेको छ । हात्ती लखेट्ने, घेरा हाल्नेजस्ता क्रियाकलापले हात्तीले मानिसमाथि नै आक्रमण गर्ने गरेको पाइन्छ । अभियानले हात्तीबाट कसरी सुरक्षित हुने, हात्ती आउँदा के गर्ने के नगर्ने भन्ने बारेमा सचेतना फैलाउनेछ । त्यसैगरी, हात्तीबाट भएको क्षतिका बारेमा तथ्यांक संकलन गर्ने र क्षतिको राहत उपलब्ध गराउन सरकारसमक्ष पहल गर्ने अभियानकर्ता तथा उज्यालो नेपालका अध्यक्ष रमेश थापाले बताए । 

अभियान महत्वपूर्ण हुने विश्वास

मानव र हात्तीबीचको द्वन्द्व न्यूनीकरण गर्न अभियान सुरु भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए । ‘बर्दियामा हात्तीबाट हुने क्षति बढी छ । निकुञ्जका मध्यवर्ती क्षेत्रका सबै स्थानमा यो अभियान सुरु गर्नुपर्छ,’ उनले भने । किसानको अन्नबालीको क्षतिपूर्ति राज्यले दिने गरेको बताउँदै अधिकृत श्रेष्ठले जनताको ज्यानको सुरक्षाका लागि पनि यो अभियान महत्वपूर्ण रहेको उनको भनाइ छ ।

हात्तीको आक्रमणबाट बर्दियामा २०५५ यता ३६ जनाले ज्यान गुमाइसकेका छन् । ठूलो मात्रामा घाइतेको संख्या रहेको छ । उनीहरूमध्ये अधिकांश खेतबारीमा अन्नबाली खाइरहेका हात्ती धपाउन जाँदा हात्तीले आक्रमण गरेको निकुञ्जको भनाइ छ । 

यसअघि बर्दियाबाट सुरु भएको चोरी सिकार नियन्त्रण युवा परिचालन अभियान विश्वमै नमुना बनेको छ । अभियान सुरु भएदेखि निकुञ्जको मध्यवर्ती क्षेत्रमा चोरी सिकारमा शून्य सहनशीलताको विकास भएको छ । वन्यजन्तुको चोरी सिकारी पनि घटेको देखिन्छ । हात्तीको आनीबानी र उनीहरूबाट कसरी सुरक्षित हुने भन्नेबारेमा सिकाउन अभियानकर्तालाई तालिमसमेत दिइएको छ ।