मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ फाल्गुण २४ सोमबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ फाल्गुण २४ सोमबार o९:२६:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेप्से २१ अंकले घट्यो

लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ फाल्गुण २४ सोमबार o९:२६:oo

साताको पहिलो दिन नेप्से परिसूचक २१ दशमलव ५८ अंक अर्थात् शून्य दशमलव ८६ प्रतिशतले घटेर २ हजार ४ सय ८५ दशमलव ०९ बिन्दुमा आइपुगेको छ । संसद् पुनर्जीवनपछि प्रतिनिधिसभाको बैठक आइतबार बस्ने भएपछि राजनीतिक परिवेश के हुने भन्ने अन्योलमै रहेका कारण लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा देखिए । बजारमा राजनीतिक प्रभाव क्षणिक रहने भए पनि अन्य पक्षहरू गौण रहेको समयमा लगानीकर्ता राजनीतिक घटनाक्रमलाई जोडेर बजारमा लगानी रणनीति बनाइरहेको देखिन्छ । यस दिन बजारमा उच्चदरले उतारचढाव देखियो । 

गत बिहीबार एकै दिन नेप्सेमा उच्चदरमा वृद्धि भएकाले पनि यसलाई कतिपयले करेक्सनका रूपमा लिएका छन् । ‘अघिल्लो साता भएको वृद्धिको करेक्सनका रूपमा यसलाई बुझ्नुपर्छ,’ नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले भने, ‘बजार घट्नुपर्ने खासै कारण छैन, बैंकहरूमा तरलता सहज अवस्थामै रहेकाले ब्याजदर वृद्धि भइहाल्ने सम्भावना पनि कम छ ।’ 

अघिल्लो सातादेखि नै सेयर बजारले स्पष्ट दिशा समात्न सकेको छैन । लगानीकर्ता राजनीतिक वातावरण र बैंकहरूमा रहेको तरलताको अवस्था मूल्यांकनमा देखिएकाले ‘पर्ख र हेर’मा पुगेका हुन् ।  ‘राजनीतिक घटनाक्रम जोडेर लगानीकर्ता मुनाफा सुरक्षित गर्नसमेत लागेपछि बजार घटेको हो,’ लगानीकर्ता संरक्षणा चौधरीले भनिन्, ‘नियमित उतारचढावसहित बजार सकारात्मक दिशामा अगाडि बढ्ने सम्भावना छ ।’

यस दिन २ सय ११ प्रकारका सूचीकृत धितोपत्र र ऋणपत्र १ करोड १७ लाख ७८ हजार कित्ता सेयर ५३ हजार ९ सय ७० पटकको कारोबारमा ५ अर्ब ५४ करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ । कारोबारमा आएका १३ समूहमध्ये होटेल तथा पर्यटन र हाइड्रोपावर समूहका कम्पनीमा लगानी बढेको छ । बाँकी समूह घटेका छन् । यस दिन चन्द्रागिरि हिल्समा वृद्धिसहित सर्किट लागेको छ ।

नेपाल हाइड्रो डेभलपर्सको मूल्य ८ दशमलव ८३ प्रतिशतले बढेको छ । नेपाल हाइड्रोले आव ०७४/७५ को सहित लाभांश जोडेर १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश प्रस्ताव गरेपछि मूल्यमा उछाल आएको हो । कम्पनीको सेयरमा २ चैतसम्म लगानी गर्नेले लाभांश पाउनेछन् । ३ चैतमा कम्पनीको बुक क्लोज रहनेछ । त्यस्तै, यस दिन १ करोड ८० लाखभन्दा बढी सेयर थपिएको छ । लक्ष्मी बैंक, माछापुच्छे« र छिमेक लघुवित्तको बोनस सेयर सूचीकरण भएको हो ।