मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अमुल थापा काठमाडौं
२०७७ फाल्गुण २३ आइतबार १८:३४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पुनर्जीवनपछि प्रतिनिधिसभा बैठक : बहिष्कार, नाराबाजी र स्थगित (फोटोफिचर)

Read Time : > 1 मिनेट
अमुल थापा, काठमाडौं
२०७७ फाल्गुण २३ आइतबार १८:३४:००

पुनर्जीवनपछि प्रतिनिधिसभाको बैठक आइतबार बसेको छ । बैठकको सुरुमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति कार्यालयबाट संसद् आह्वानसम्बन्धी पत्र पढेर सुनाए । त्यसपछि उनले संक्षिप्त मन्तव्य राखे । नेकपा प्रचण्ड–माधव समूहका सांसद भीम रावलले विशेष समय लिएर धारणा राखे । उनले सरकारको औचित्यमाथि नै प्रश्न उठाउँदै अध्यादेश पेस हुन नसक्ने बताए । सो समूहका सांसदहरूले त्यसपछि उठेर विरोध जनाए । सभामुखले भनाइ दर्ज भएको भन्दै बस्न आग्रह गरे पनि सो समूहका सांसदहरूले बैठक बहिष्कार गरेर बाहिरिए । त्यसपछि सभामुख सापकोटाले मन्त्रिपरिषद् हेरफेरसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए । लगत्तै अध्यादेश पेस गर्न समय दिए । प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरूले त्यसमा आपत्ति जनाए । कांग्रेस सचेतक पुष्पा भुसालले अध्यादेश पेस नगर्न आग्रह गरिन् । कांग्रेस सचेतकको आग्रहका बाबजुद अध्यादेश पेस भएपछि कांग्रेसकै प्रमुख सचेतक बालकृष्ण खाणले आपत्ति जनाए । लगत्तै कांग्रेसका सांसदहरू नाराबाजीमा उत्रिए । सभामुखले आशन ग्रहण गर्न आग्रह गरे पनि कांग्रेस सांसदहरूले मानेनन् । अन्ततः सभामुख सापकोटाले बैठक स्थगित गरे । अर्को बैठक २६ फागुनमा बस्ने संसद् सचिवालयले जनाएको छ ।