मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस काठमाडाैं
२०७७ फाल्गुण २२ शनिबार १२:४७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

Read Time : < 1 मिनेट
रासस काठमाडाैं
२०७७ फाल्गुण २२ शनिबार १२:४७:००

देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको आंशिक प्रभावले आज प्रदेश नम्बर १, बागमती, गण्डकी र पहाडी
भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं  १, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागको
एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । 

हाल देशका केही पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भ–ूभागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो प्रदेश नम्बर १, बागमती, गण्डकी तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको बताइएको छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव ९ डिग्री र अधिकतम तापक्रम २४ दशमलव सात डिग्री सेल्सियस रहेको छ । त्यस्तै, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव चार डिग्री र सबैभन्दा धेरै धरानको न्यूनतम तापक्रम १८ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।