१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ फाल्गुण २० बिहीबार १३:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

३६ महिनामा बन्नुपर्ने पुल आठ वर्षमा पनि बनेन

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण २० बिहीबार १३:३४:००

सर्लाही र रौतहट जोड्ने बागमती नदीमा पुल निर्माण सुरु भएको आठ वर्ष बित्दा पनि पुल निर्माण कार्य सम्पन्न भएको छैन । समयमा पुल नबनेका कारण स्थानीयलाई आवतजावतमा समस्या भएको छ । रौतहटको समनपुर र सर्लाहीको हजरिया जोड्ने बागमती नदीमा निर्माण कार्य सुरु भएको आठ वर्ष बितिसक्दा पनि पुलको निर्माण कार्य सम्पन्न नहुदा स्थानीयले सास्ती खेप्नुपरेको हो । 

पूर्व–पश्चिम राजमार्गबाहेक ४२ किलोमिटर दक्षिण नेपाली सीमासम्म बागमती नदीमा पुल नहुँदा स्थानीय सास्ती खेप्न बाध्य छन् । ०६९ असार २६ गते ३२ करोड ७६ लाख ११ हजारमा एलाइट कन्स्ट्रक्सन काठमाडाैं जेभीले ६ सय मिटर लम्बाइ भएको डबल लेनको पुल बनाउन सम्झौता गरेको थियो । 

साे पुलकाे तत्कालीन भौतिक योजनामन्त्री विमलेन्द्र निधिले शिलान्यास गरेका थिए । एलाइट कन्स्ट्रक्सनले नेपाल सरकारको पुल डिभिजन महाशाखाबाट सम्झौता मितिदेखि ३६ महिनामा पुलको निर्माण कार्य पूरा गर्ने लिखित सम्झौता गरेकाे थियो ।  

तर, सम्झौता भएको आठ वर्ष बितिसक्दा पनि पुल  निर्माण काम पूरा नहुँदा त्यस भेगका स्थानीले समस्या झेल्नुपरेको गढीमाई नगरपालिकाका रामपुकार यादवले बताए । 

निर्माण कम्पनीले कहिले मधेस आन्दोलन, कहिले बाढी त कहिले कोरोनालगायत विभिन्न बहाना बनाई निर्माण कार्य निर्धारित समयभन्दा पाँच वर्ष ढिलाइ गरेको थियाे । अझै निर्माण पूरा गर्न दुई वर्ष लाग्ने बताउँदै आएका समनपुरका बासिन्दा जब्बार मियाँले बताए । चारपटक म्याद थप भइसकेको हुँदा अन्तिमपटक ०७८ असार मसान्तसम्म मात्रै म्याद रहेको बताउँदै मियाले कछुवा गतिमा भइरहेको निर्माणको अवस्था हेर्दा अझै पुल बन्न दुई वर्ष सम्म लाग्ने बताए । 

सो विषयमा  एलाइट कन्स्ट्रक्सनको प्रोप्राइटर सुरेन्द्र पौडेलसँग सम्पर्क गर्न खोज्दा गर्दा मोबाइलको स्विच अफ रहेको थियो ।