१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण १६ आइतबार
  • Wednesday, 02 July, 2025
२o७७ फाल्गुण १६ आइतबार ११:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

फेवातालको चारकिल्ला निर्धारण, सीमांकन  तथा नक्सांकन समितिको प्रतिवेदन सार्वजनिक      

तालको क्षेत्रफल ५.७२६ वर्ग किमिटर (११२५५ रोपनी ११ आना १ पैसा) कायम, सीमारेखाको परिधि १८ किलोमिटर  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ फाल्गुण १६ आइतबार ११:o४:oo

देशकै प्रमुख पर्यटकीय स्थलमध्येको एक पोखरामा रहेको फेवातालको संरक्षणका लागि गठित चारकिल्ला निधारण, सीमांकन तथा नक्सांकन समितिको प्रतिवेदन आइतबार सार्वजनिक गरिएको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पत्रकार सम्मेलनमार्फत समितिको प्रतिवेदन सार्वजनिक गरेको हो ।  प्रदेश सरकारले २ कात्तिक ०७७ मा जिल्ला विकास समिति कास्कीका पूर्वसभापति पुण्यप्रसाद पौडेलले आफ्नो सरकारको प्रतिनिधि तोकी नेपाल सरकारमा पठाएको थियो । नेपाल सरकारले सोहीबमोजिम ९ सदस्यीय समिति गठन गरी निश्चित कार्यक्षेत्रगत सर्तसमेत तोकी पठाएको थियो ।

नेपाल सरकारको निर्णयानुसार फेवातालको चारकिल्ला निर्धारण, सीमांकन तथा नक्सांकन गर्न तथा फेवातालको दीर्घकालीन संरक्षण एवं समुचित प्रयोग गर्न सुझाबसमेत दिन गठन भएको समितिले  तीन महिनाको अध्ययनपछि तयार गरेको प्रतिवेदन गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गरेका हुन । 

यसअघि २ फागुनमा समितिका संयोजक पौडेलले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाम्फे एवं सचिव टेकनारायण पाण्डेलाई समितिको प्रतिवेदन पेस गरेका थिए ।

सोही दिन गण्डकीका मुख्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आफ्नो सरकारको प्रतिनिधिको नेतृत्वमा आफूलाई पेस गरेको प्रतिवेदन संघीय मन्त्रिपरिषद्को निर्णयका लागि हस्तान्तरणसँगै समग्र प्राविधिक प्रस्तुतीकरणसमेत गरिएको थियो । त्यसपछि ११ फागुनको मन्त्रिपरिषद्को बैठकले फेवातालको चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकनसम्बन्धी निर्णय गरेको थियो ।

यस्तो छ तालको भौगोलिक सीमा, परिधि १८ किलोमिटर
चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकनपछि तालको भौगोलिक सीमा ८३ डिग्री ५५’४.७१ पूर्वी देशान्तरदेखि ८३ डिग्री ५८’१०.५२ पूर्वी देशान्तरसम्म फैलिएको छ । यसैगरी २८ डिग्री ११’४४.२९ उत्तरी अक्षांशदेखि २८ डिग्री १३’५६.२१ उत्तरी अक्षांशभित्र फैलिएको छ । जसअनुसार फेवाताल सीमारेखाको परिधि १८ किलोमिटर हुन जाने समितिको प्रतिवेदनमा छ ।