१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण १५ शनिबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ फाल्गुण १५ शनिबार १५:४८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केपी ओली आफूलाई महाराजधिराज नै भएजस्तो ठान्छन् : प्रचण्ड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ फाल्गुण १५ शनिबार १५:४८:oo

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री केपी ओलीले आफूलाई महाराजधिराज ठान्ने गरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेकपा प्रचण्ड–माधव समूह सम्बद्ध शिक्षकहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले आफू जन्मिएको धरातल बिर्सेर ओलीले महाराजधिराज सम्झिएको टिप्पणी गरेका हुन् । 

कम्युनिस्टहरूले हिजो जुन वर्गको विरुद्धमा विद्रोह गरे त्यही वर्गलाई अहिले केपी ओलीले साथ दिएको प्रचण्डको भनाइ छ । उनले भने ‘पार्टीभित्रैबाट वर्गउत्थान भएका केही नेताहरू जो विपरीत वर्गको स्वार्थसँग आत्मसमर्पण गर्छन् र उनीहरूको प्रलोभनमा फस्छन् र उनीहरूका एजेन्ट हुन्छन् र आफ्नो वर्गलाई धोका दिन्छन् । आफू जहाँबाट जन्मिएको हो त्यो धर्ती उनीहरूले बिर्सिन्छन् र आफूलाई हिजो जसका विरुद्ध लडाइँ गरेको हो, जसका विरुद्ध विद्रोह गरेको हो त्यही वर्गको प्रतिनिधिजस्तो ठान्न पुग्छन् । अहिले तपाईंहरूले हेर्नुभयो भने कताकता केपी ओलीले आफूलाई महाराजधिराज नै भएजस्तो ठान्छन ।’

पार्टीको बैठकमा बस्न नपर्ने, आफ्नो आलोचना पनि नसुन्ने र आफूले भनेको कुरालाई ब्रम्हव्याख्याका रूपमा अरू सबैले मानिदिनुपर्ने प्रवृत्ति केपी ओलीमा देखिएको प्रचण्डले बताए । उनले भने ‘बैठकमा बस्न पनि नपर्ने, आलोचना सुन्न नि नसक्ने, आफूले भनेपछि त्यो ब्रम्हव्याख्याजस्तो सबैले मानिदिनुपर्ने, नमान्ने मान्छे अगाडि देख्नै नहुने यो महाराजधिराजहरू कै चरित्र हो नि त । आलोचना सहन पनि नसक्ने सुन्न पनि नसक्ने बैठक बहस भन्ने पटक्कै मन नपराउने आफू नेतृत्वमा पुग्नका लागि जस्तोसुकै कुराको पनि सम्झौता गरिदिने कार्यान्वयन एउटा पनि नगर्ने ।’

पार्टी एकता हुँदा भएका कुनै पनि सहमति प्रधानमन्त्री ओलीले नमानेको र आपूmलाई महाराजधिराजजस्तो ठान्ने गरेको उनले बताए । उनले भने ‘निर्णय भइसकेपछि लागू नगर्ने, आलोपालो अध्यक्षता पनि लागू नगर्ने, आलोपालो प्रधानमन्त्री पनि लागू नगर्ने र आफैँले हस्ताक्षर गरेको राजनीतिक प्रतिवेदन पनि लागू नगर्ने, अन्तरिम विधानको कुनैपनि प्रावधान लागू नगर्ने, आई एम दी स्टेट भन्याजस्तो गरी श्री ३ महाराजधिराज, अस्ति बहसमा सुनिहाल्नुभयो श्री ३ महाराज र श्री ५ महाराजधिराजजस्तै प्रधानमन्त्रीलाई पनि अधिकार छ भनेर बोल्ने पञ्चायतका वरिपरिका मान्छे त तपाईंहरूले देखिसक्नुभयो । सच्चाइ यही नै हो ।’

कम्युनिस्ट पार्टीकै नेतृत्वबाट बनेको संविधान र त्यसको मर्ममाथि प्रधानमन्त्री ओलीबाट निर्मम खालको प्रहार भएको उनले बताए । सम्पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई नै उल्ट्याउने दिशातिर ओली लागेको पनि प्रचण्डले आरोप लगाए ।