१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ फाल्गुण १३ बिहीबार १७:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसको निष्कर्ष- सबै कुरा नेकपामै निर्भर छ (भिडियोसहित)

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण १३ बिहीबार १७:४८:००

कांग्रेसले अहिलेसम्म संसदभित्र विपक्षी दलकै भूमिकामा रहेको निष्कर्ष निकालेको छ । सर्वोच्च अदालतले संसद्को पुनर्स्थापना गरेपछिको अवस्थामा पार्टीको धारणा तयार गर्न बिहीबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले संसद् पुनर्स्थापनापछिको समीकरणका विषयमा सबै कुरा नेकपासँगै निर्भर भएको र कांग्रेसले भूमिका निभाउने वेला नभएको ठहर गरेको हो । 

बैठकपछि सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, ‘उहाँहरूको पार्टी (नेकपा) फुटेको छैन । संसदीय दलको नेता ओलीजी नै हुनुहुन्छ । उहाँले राजीनामा दिनुभएको छैन । अविश्वासको प्रस्ताव अघि बढ्ने हो कि होइन ? यी सबै कुरा संसद् बैठक बसेपछि मात्रै थाहा लाग्छन् । यो सबै कुरा उहाँहरूको पार्टीभित्रका कुरा हुन् । त्यसैले कांग्रेसले अहिल्यै यसो गर्छु वा उसो गर्छु भन्ने वेला आएको छैन ।’ 

उनले संसद् पुनर्स्थापना भइसकेपछि नेकपा जसरी अगाडि बढ्छ, कांग्रेसले त्यही आधारमा निर्णय लिने बताए । ‘अहिले त यो सरकार ढल्ने वा नढल्ने भन्ने कुरा पनि हाम्रो हातमा छैन । हामीले त उहिल्यै जनमतको कदर गर्न सकेन भनेर भनिसकेका हौँ,’ डा. महतले भने, ‘त्यसैले यसमा कांग्रेसले अहिले निर्णय गर्नुपर्ने कुरै छैन । यो सबै कुरा नेकपामै निर्भर छ ।’