Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण १२ बुधबार १९:१४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीले संसदमा बहुमत पुर्‍याउन नसके प्रधानमन्त्री पद छाड्दा राम्रो : कांग्रेस सभापति देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण १२ बुधबार १९:१४:००

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले राजीनामा दिँदा राम्रो हुने बताएका छन् । बुधबार महेन्द्रनारायण निधिको ९९औँ जन्मजयन्तीको अवसरमा आयोजित ‘अहिंसा र शान्ति : आजको सन्दर्भ’ विषय अन्तक्र्रिया कार्यक्रममा देउवाले प्रधानमन्त्री ओलीले संसदमा बहुमत पुर्‍याउन नसके प्रधानमन्त्री पद छाड्दा राम्रो हुने बताएका हुन् । 

देउवाले नेपालमा न्याय र प्रजातन्त्रको जित भएको पनि बताए । अदालतले राम्रो निर्णय गरेर नेपालमा संसदीय व्यवस्थालाई सुदृढीकरण गर्ने मौका मिलेको उनको भनाइ छ । उनले भने,‘नेपालमा न्यायको जित भएको छ । प्रजातन्त्रको जित भएको छ । अदालतले राम्रो निर्णय गरेर नेपालमा फेरि संसदीय व्यवस्थालाई सुदृढीकरण गर्ने मौका मिलेको छ । ओलीले अदालतको निर्णयपछाडि कि त संसदमा आफ्नो बहुमत पुर्‍याउनुपर्‍यो, होइन भने छोड्दा राम्रो हुन्छ । तर, उहाँलाई यसो गर, उसो गर भन्ने कुरा छैन । उहाँहरूको पार्टीको कुरा हो ।’

देउवाले अहिले कांग्रेसप्रति आकर्षण बढेको पनि बताए । कांग्रेसले केही गर्दैन भनेर जनताले भोट नदिएर हराए पनि अहिले कांग्रेस नै चाहिएको उनको भनाइ छ । उनले ‘कांग्रेसले केही गर्दैन भनेर जनताले हराए, भोट दिएनन् । अहिले कांग्रेस चाहियो भन्नुपरेको छ । कांग्रेसबाट आशा गर्नुभएकोमा सबै नेपाली जनता, बुद्धिजीवी, पत्रकार जगत् सबैलाई धन्यवाद छ । कांग्रेसप्रति आकर्षण बढेको बुझेको छु ।’

प्रजातन्त्र र लोकतन्त्रलाई सुदृढीकरण गर्न र बचाउन आवश्यक रहेको पनि उनले बताए । उनले कसैले पनि कुनै पनि बहानामा प्रजातन्त्र र लोकतन्त्रलाई हरण गर्न नसक्ने दाबी पनि गरे ।