१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण १० सोमबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ फाल्गुण १० सोमबार १८:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वसांसद रानाभाटको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ फाल्गुण १० सोमबार १८:२७:oo

कांग्रेस चितवनका नेता तथा पूर्वसांसद एकनाथ रानाभाटको निधन भएको छ । चितवनको रत्ननगर नगरपालिका– १४ पिठुवाका ६६ वर्षीय रानाभाटको सोमबार उपचारको क्रममा निधन भएको हाे । 

रानाभाटको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पुर्‍याएको योगदानको स्मरण गर्दै दुःख व्यक्त गरेका छन् । चितवन कांग्रेसका पूर्वसचिवसमेत रहेका रानाभाट हाल कांग्रेसको महासमिति सदस्य थिए । 

उनी ०५६ को आमनिर्वाचनमा चितवन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनको पार्थिव शरीरलाई मंगलबार बिहान ८ः३० देखि ९ः३० बजेसम्म चितवन कांग्रेसको कार्यालयमा राखेपछि देवघाटमा अन्त्येष्टि गरिने कांग्रेसले जनाएको छ ।