मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख ६ सोमबार
  • Monday, 19 April, 2021
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण ९ आइतबार ०४:११:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

टुँडिखेलमै उपराष्ट्रपतिमाथि प्रधानमन्त्रीको ‘अभद्र’ व्यवहार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण ९ आइतबार ०४:११:००

७ फागुन, प्रजातन्त्र दिवस । टुँडिखेलमा आयोजित समारोह सकिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीको सवारी हिँड्छ । राष्ट्रपतिको सवारी बाहिरिनुअघि नै प्रधानमन्त्री केपी ओली उपराष्ट्रपति नन्दबहादुर पुन उभिएको स्थानमा जान्छन् । जब कि सबै अतिथि गण र सुरक्षाकर्मी उभिएर राष्ट्रपति भण्डारीको बिदाइ गरिरहेका थिए र उपराष्ट्रपति पुनको बिदाइका लागि पर्खिरहेका थिए । त्यहीवेला उपराष्ट्रपति पुनको अगाडि उभिएर केही भनिरहेका प्रधानमन्त्री ओलीको हाउभाउ अस्वाभाविकजस्तो देखिन्छ । 

यो दृश्यका विषयमा चासो राख्दा स्रोतले भन्यो, ‘संसद् विघटनको विरोधमा उपराष्ट्रपतिले सार्वजनिक अभिव्यक्ति दिएकोमा प्रधानमन्त्री ओलीले उपराष्ट्रपतिसँग अभद्र व्यवहार नै गर्नुभयो । तपाईँले संसद् विघटनको किन विरोध गरेको ? आखिर के गर्न खोज्नुभएको हो भन्दै उपराष्ट्रपति पुनसँग आक्रोश व्यक्त गर्नुभयो ।’ जवाफमा उपराष्ट्रपति पुनले ‘तपाईंले असंवैधानिक कदम र गतिविधि गर्ने, मैले संविधान र जनताको अधिकारको कुरा गर्न किन नहुने ?’ प्रतिप्रश्न गरेका थिए । 

प्रधानमन्त्रीले बोल्दै गर्दा उपराष्ट्रपति पुनको ‘बडी ल्यांग्वेज’ नै असहज भएको थियो । पछाडिको सिटमा उभिरहेका सभामुख अग्नि सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना केही असहज मानेजस्तो गर्छन् । तिमिल्सिनाले सापकोटाको अनुहारमा हेर्दा सापकोटा भने पुन र ओलीको वार्तालापमा ध्यान केन्द्रित गरिरहेका थिए । करिब दुई मिनेटजति यसरी गफिएपछि ओली आफ्नो सिटतर्फ बढ्छन् । पुनले केही भन्न खोजेपछि ओली अलिकति रोकिएर सुन्दै आफ्नो सिटमा पुग्छन् । 

करिब दुई मिनेटको यो असहज वार्तापछि उपराष्ट्रपति पुन सबैलाई नमस्कार गर्दै बाहिरिन्छन् । उपराष्ट्रपतिले सबैलाई हात जोडेर नमस्कार गरे पनि प्रधानमन्त्रीले कुनै अभिभावदन फर्काउँदैनन् । बरु मञ्चबाट झरिरहेका पुनतर्फ एकोहोरो हेरिरहन्छन् ।