मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ फाल्गुण ६ बिहीबार १७:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जनता र राजाको सहमतिमा देशको अस्तित्व रक्षा होस् : पूर्वराजा ज्ञानेन्द्र 

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण ६ बिहीबार १७:१८:००

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल जनता र राजाको सहमतिमा खडा भएको जिकिर गर्दै मुलुकको अस्तित्व रक्षा पनि सहमतिमै हुने बताएका छन् । ७१औँ प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा बिहीबार जारी शुभकामना सन्देशमा पूर्वराजाले निषेध र विभेदको राजनीति सुरु भएको आरोप लगाएका छन् । पूर्वराजा ज्ञानेन्द्रले घुमाउरो भाषामा राजसंस्था पुनर्स्थापना हुनुपर्नेमा जोड दिएका छन् । 

‘नेपाल जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको औचित्य रक्षा पनि सहमतिबाट मात्रै हुने यथार्थको अवज्ञाले निषेध र विभेदको राजनीति सुरु गरिएकोमा मुलुक दिनप्रतिदिन जटिलतामा फस्दै गएको महसुस आमनेपालीले गरिरहेका छन्ऽ’ संवाद सचिव डा. फणि पाठकद्वारा जारी पूर्वराजाको सन्देशमा भनिएको छ । 

उनले प्रजातन्त्रको सिद्धान्तअनुरूप मुलुकमा प्रजातान्त्रिक विधि–व्यवहार अघि बढोस् भन्ने चाहना पनि व्यक्त गरेका छन् । उनले सबैले मातृभूमिको पवित्र माटो छातीमा राखेर आत्मसमीक्षा गर्नुपर्ने वेला आएकोसमेत सन्देशमा उल्लेख गरेका छन् । 

प्रजातन्त्र प्राप्तिको ७० वर्षपछि अहिले पनि प्रजातन्त्रकै विषयमा विवाद, द्वन्द्व र बहस भइरहेकोमा असन्तुष्टि व्यक्त गर्दै उनले भनेका छन्, ‘जनताको आस्था, चाहना र जनभावना अन्ततः अमर रहन्छ र यसलाई मेट्न खोजेर, बटारेर त्यो मेटिँदैन बटारिन्न ।’