१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १९:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

अहिलेको लडाइँ संविधानको रक्षार्थ : जनार्दन शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १९:oo:oo

नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य जनार्दन शर्माले अहिलेको लडाइँ पद र प्रतिष्ठाभन्दा पनि संसद् पुनस्र्थापनाको रहेको बताएका छन् । नेपाली जनताको भावनामाथि खेलबाड गरी प्रधानमन्त्री केपी ओलीले चालेको असंवैधानिक कदमका विरुद्ध संविधानको रक्षार्थ अहिलेको लडाइँ सुरु भएको उनले बताए ।

प्रेस संगठन नेपाल सल्यानले खलंगामा मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा शर्माले अहिलेको आन्दोलन पार्टीविशेषको मात्र नभएको बताए । कर्णाली प्रदेश इन्चार्जसमेत रहेका शर्माले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिताको कार्यान्वयन गर्ने वा नगर्ने भन्नेबीचको लडाइँ जारी रहेको बताए । 

अहिले मध्यावधि निर्वाचन हुनै नसक्ने उनको जिकिर छ । उनले भने, ‘अहिले नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ, पार्टीको आधिकारिकताको विवाद निर्वाचन आयोगमा पुगेको छ, यस्तो अवस्थामा कुनै पनि हालतमा मध्यावधि निर्वाचन हुन सक्दैन, यदि यस्तो अवस्थामा निर्वाचन गर्न खोजियो भने त्यसको हिसाबकिताब जनताले गर्नेछन् ।’

पूर्वगृहमन्त्रीसमेत रहेका शर्माले अहिलेको संसद् विघटन संविधान खारेजीजस्तै भएको बताए । ‘संविधानको धारा नै कुल्चिएर संसद् विघटन गर्नु संविधान खारेजी गर्नुसरह नै हो,’ उनले भने । शर्माले संसद् पुनस्र्थापना हुनेमा आफ्नो पार्टी र जनता विश्वस्त रहेको पनि बताए ।

ad
ad