१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार २१:२८:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि सेनाका रोकायलाई 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका कास्की
२o८१ बैशाख २४ सोमबार २१:२८:oo

१५औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०७७ को उपाधि नेपाली सेनाका राजन रोकायले जितेका छन् । महिलातर्फको हाफ म्याराथनको उपाधि भने नेपाल प्रहरीकी राजपुरी पछाईले हात पारेकी छिन् ।

पोखरेली पूर्वखेलाडीहरूको साझा संस्था भूतपर्व खेलाडी मञ्च नेपालको आयोजना तथा लक्ष्मी ग्रुपअन्तर्गतको सुजल डेरी उद्योगको उत्पादन सफल दूधको मुख्य प्रायोजनमा शनिबार पोखरामा म्याराथन आयोजना गरिएको हो । म्याराथनमा सहभागी २०९ जनालाई पछि पार्दै निर्धारित दूरी ४२.१९५ किमि रोकायले दुई घन्टा २८ मिनेट ५६ सेकेन्डमा पार गरेका थिए । उनले उपाधिसँगै नगद दुई लाख पुरस्कार पाएका छन् । महिलातर्फको हाफ म्याराथनको निर्धारित २१ किमिको दूरी पछाईले १ घन्टा २७ मिनेट १ सेकेन्डमा पार गरेकी थिइन् । उनले नगद एक लाख पुरस्कार पाएकी छिन् ।

खुला म्याराथनतर्फ सेनाका ज्ञानप्रसाद भट्टराईले २ घन्टा ३३ मिनेट ४८ सेकेन्ड दूरी पार गर्दै उपविजेता बनेका थिए । उनले नगद एक लाख, तेस्रो स्थान प्राप्त गर्न सफल भए । सेनाका देवराज बस्नेतले २ घन्टा ४२ मिनेट ३३ सेकेन्डमा दूरी पार गर्दै नगद ७५ हजार र पाँचथरका प्रताप तामसाङले २ घन्टा ५४ मिनेट ८ सेकेन्डमा दूरी पार गर्दै सान्त्वना स्थान प्राप्त गर्दै २५ हजार नगद पुरस्कार हात पारे ।

यसैगरी, महिलातर्फ निधारित दूरी १ घन्टा ३० मिनेट ५ सेकेन्डमा पार गर्दै दोस्रो भएकी जुम्लाकी राममायाले नगद ७५ हजार, तेस्रो भएकी एपिएफकी विन्दा श्रेष्ठले १ घन्टा ३१ मिनेट २ सेकेन्डमा दूरी पार गर्दै नगद ५० हजार र सान्त्वना स्थान प्राप्त गर्न सफल नेपाल प्रहरीकी रेखा विष्टले १ घन्टा ३६ मिनेट २ सेकेण्डमा दूरी पार गर्दै नगद १५ हजार पुरस्कार पाइन् ।

राष्ट्रिय भलिबलको उपाधि पुरुषतर्फ गण्डकी र महिलातर्फ पुलिसलाई 
टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि गण्डकी प्रदेश र महिलातर्फको नेपाल पुलिस क्लबले हात पारेका छन् ।
पोखरा रंगशालामा २७ माघदेखि सुरु प्रतियोगिताको फाइनल खेल शनिबार सम्पन्न भएको थियो । सो क्रममा त्रिभुवन आर्मी क्लबलाई तीन–दुई सेटमा पराजित गर्दै गण्डकीले र सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लबलाई सोझो ३–० सेटमा पराजित गर्दै पुलिसले महिलातर्फको उपाधि जितेको हो । 

प्रतियोगितामा उपाधि विजेता महिला तथा पुरुष टोलीले समान १ लाख ५० हजार र उपविजेताले ७५ हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र पाएका छन् ।
यसैगरी, प्रतियोगितामा पुलिसकी उषा भण्डारी महिलातर्फ र गण्डकीका धनश्याम चौधरी पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी हँुदै समान नगद २० हजार र ट्रफी पुरस्कार पाए । 


 

ad
ad