मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७७ फाल्गुण १ शनिबार
  • Friday, 28 August, 2026
२o७७ फाल्गुण १ शनिबार १o:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बुटवलमा आज ओली नेतृत्वको नेकपाको जनसभा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ फाल्गुण १ शनिबार १o:१८:oo

सभामा दुई लाख मानिसको सहभागिता रहने लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलकाे दाबी

बुटवलमा आज ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले  विशाल जनसभा गर्दै  छ । जनसभामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

ओली समूहका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सभामा दुई लाख मानिसको सहभागिता रहने दाबी गरेका छन् । 

बुटवलस्थित सिद्देश्वरी माविको प्रांगणमा हुने सभामा प्रधानमन्त्री ओली, महासचिव तथा अर्थमन्त्री विष्णु पौडेललगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

बुटवलको सभालाई ओली समूहले आफ्नो शक्ति प्रदर्शनको रुपमा लिएको छ । मुख्यमन्त्री पोखरेलले भने  ‘हाम्रो याे आन्दोलन होइन । जनमत प्रकट गर्ने कुरा हो । हामी त्यसैका लागि सभा सम्मेलन गर्दै आइरहेका छौं ।’  

सभा सुरू हुनुअघि बुटवलमा विशाल जनप्रदर्शन गरिने पोखरेलले बताए । सभामा लुम्बिनी प्रदेश लगाएतका जिल्लाबाट कार्यकर्ता आउने क्रम जारी छ ।