१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रासस फुङ्लिङ
२०७७ माघ २७ मंगलबार १०:१०:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

ताप्लेजुङ केन्द्रबिन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प    

Read Time : < 1 मिनेट
रासस फुङ्लिङ
२०७७ माघ २७ मंगलबार १०:१०:००

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ७ ओलाङचुङगोला केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७:३५ बजे ५.४ रेक्टर स्केलको भूकम्प गएको हो । नेपालको ओलाङचुङगोला र चीनको सीमामा भूकम्प गएको अनुसन्धान केन्द्रले जानाएको छ ।  

ताप्लेजुङ सदरमुकामसम्म नै भूकम्पको धक्का महसुस गरिएको स्थानीयवासी विवश केदेमले बताए । ओलाङचुङगोलामा भूकम्पले पूरै घर हल्लाए पनि कुनै क्षति नभएको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन लामाले जानकारी दिए । घर हल्लिएपछि मान्छे घरबाहिर निस्केको, तर कुनै क्षति नभएको लामाले बताए ।