१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o८:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी कक्ष आवश्यक : गोल्छा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:४१:oo

मेला महोत्सवले मुलुकमा आर्थिक गतिविधि विस्तार, उत्पादन विविधीकरण र नवीनतम उद्यमशीलताको प्रवद्र्धनमा सहयोग पुर्‍याउने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताए । महासंघका कार्यकारिणी सदस्य नरेन्द्रकुमार खड्काकोे सभापतित्वमा गठित व्यापार मेला समितिलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले दशकौँ पुरानो प्रदर्शनीस्थलमा मेला महोत्सव आयोजना गर्न बाध्य भएकाले बताए । 

सरकार र निजी क्षेत्रको साझेदारीमा यस्ता संरचना निर्माणका लागि पहल गर्न व्यापार मेला समितिलाई उनले सुझाब दिएका छन् । महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले मेला महोत्सव उत्पादनको बजारीकरण र उद्यमशीलता विस्तारको प्रभावकारी माध्यम भएकाले स्तरीय मेला महोत्सव आयोजनाका लागि महासंघका सदस्य संघ–संस्थाहरूलाई समेत दक्ष बनाउने कार्यमा समितिको सहयोग आवश्यक हुने बताए । 

नरेन्द्रकुमार खड्काको सभापतित्वमा गठित महासंघको व्यापार मेला समितिले बिहीबार पूर्णता पाएको छ । समितिका सह–सभापतिहरूमा नेपाल हस्तकला महासंघका निवर्तमान अध्यक्ष धर्मराज शाक्य, नेपाल फ्रेट फर्वार्डस् एसोसिएसनका उपाध्यक्ष राजेन्द्र संग्रौला, भक्तपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद अवाल र नेपाल हाते कागज संघका अध्यक्ष किरण डंगोल चयन भएका छन् ।  

समितिका सदस्यहरूमा मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषि तिमिल्सिना, धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मञ्जुकुमार कोजू, ललितपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विश्व बज्राचार्य र नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंका महासचिव रमानाथ श्रेष्ठ चयन भएका छन् । 

ad
ad