१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नवराज मैनाली काठमाडौं
२०७७ माघ २१ बुधबार १०:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अख्तियार प्रमुखसहित  ३२ जनाको  शीतलनिवासमा  शपथग्रहण 

Read Time : < 1 मिनेट
नवराज मैनाली, काठमाडौं
२०७७ माघ २१ बुधबार १०:३९:००

संवैधानिक आयोगमा सिफारिस भएका ३२ जनाले बुधबार बिहान राष्ट्रपति भवन शीतलनिवासमा शपथ लिएका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस भएका प्रेमकुमार राईसहित आयोगका अध्यक्षमा नियुक्त भएकाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाबाट तथा सदस्यहरूले सम्बन्धित आयोगको प्रमुखबाट शपथ लिएका हुन् । 

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार कुल ३२ जनाले शपथ लिएका छन् । गत ३० मंसिरमा बसेको संवैधानिक परिषद्को बैठकले ११ आयोगका ३८ पदमा नियुक्ति सिफारिस गरेको थियो । 

ढिलो सूचना पाएका कारण थारू आयोग, मधेसी आयोगका केही सदस्य शीतलनिवास पुग्न भ्याएनन् । मंगलबार बेलुका मात्र शपथको जानकारी गराइएको थियो । केहीले भने नियुक्ति अस्वीकार गरेको बताइएको छ । संसदीय सुनुवाइविना नै नियुक्ति भएकाले विवाद भएको थियो । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संवैधानिक परिषद् ऐन अध्यादेशमार्फत संशोधन गरी ११ आयोगमा नियुक्ति सिफारिस गरेका हुन् ।