१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १९:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रतिनिधिसभा विघटनविरुद्ध जसपाद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १९:१o:oo

जनता समाजवादी पार्टी (जसपा)ले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । २३ माघमा जनप्रदर्शन, २५ माघमा पुत्लादहन र २८ माघमा मसाल जुलुस गर्ने तया भएको जसपाका सूचना तथा प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिए । 

संघीय तथा प्रदेश निर्वाचन क्षेत्र, पालिका र वडास्तरमा स्थानीय रूपमै विरोधका कार्यक्रम निर्धारण गरी आन्दोलनलाई निरन्तर जारी राख्ने पनि उनले बताए । 

गत ५ पुसमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि जसपा निरन्तर आन्दोलनमा छ । 

जसपाले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगनकारी कदम भनेको छ । 
 

ad
ad