१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
सोनी राई सोलुखुम्बु
२०७७ माघ १७ शनिबार २२:१३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आगो ताप्दा मतान सल्किएर दुई बालबालिकाको मृत्यु

Read Time : < 1 मिनेट
सोनी राई सोलुखुम्बु
२०७७ माघ १७ शनिबार २२:१३:००

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ मा परालको मतानमा आगो सल्किँदा दुईजना बालबालिकाको जलेर मृत्यु भएको छ । नेचासल्यानका टेकबहादुर निरौला (हरि निरौला)का सात वर्षीय नाति र चार वर्षीया नातिनीको मृत्यु भएको वडाध्यक्ष भेषकुमार बास्तोलाले जानकारी दिए । 

चिसो छल्न आज दिउँसो पराल बालेर आगो ताप्ने क्रममा मतानमा आगो सल्किएको अनुमान गरिएको छ । वडाध्यक्ष बास्तोलाले आगो ताप्ने क्रममा असावधानीवश पराललबाट आगो मतानमा सल्किएको हुन सक्ने बताए । घटनाबारे पूर्ण विवरण आउन बाँकी छ ।