नेपालमा भ्रष्टाचार बढ्यो : ट्रान्सपरेन्सी इन्टरनेसनल

बिहिबार, १५ माघ, २०७७
डिजिटल संस्करण

पछिल्लो एक वर्षमा नेपालमा भ्रष्टाचार बढेको ट्रान्सपरेन्सी इन्टरनेसनलले जनाएको छ । बिहीबार विश्वभरिका एक सय ८० देशको सन् २०२० को भ्रष्टाचार अवधारणा सूचकांक (सिपिआई) रिपोर्ट सार्वजनिक गर्दै उसले नेपालमा भ्रष्टाचार बढेको जनाएको छ ।

रिपोर्टअनुसार नेपाल एक सय १७ स्थानमा धकेलिएको छ । गत वर्ष एक सय १३ स्थानमा थियो । गत वर्ष नेपालले एक सयमा ३४ अंक प्राप्त गरेकोमा यो वर्ष ३३ अंक मात्र प्राप्त गरेको छ ।

सुझावित समाचार