१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार २o:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भारतीय दूतावासमा ७२औँ गणतन्त्र दिवस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार २o:२५:oo

भारतीय राजदूतावासले भारतको ७२औँ गणतन्त्र दिवस मनाएको छ । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले लैनचौरस्थित भारतीय राजदूतावासमा आयोजित कार्यक्रममा झन्डोत्तोलन गरी भारतको राष्ट्रिय झन्डा फहराएर भारतीय राष्ट्रपति रामनाथ कोविन्दको सन्देश पढेर सुनाए । 

भारतीय राजदूत क्वात्राले वीर नारी, मृतक सैनिकका श्रीमती र मृतक सैनिकका निकटतम् नातेदारलाई नेरु तीन करोड ६८ लाख रुपैयाँ नगद तथा कम्बल वितरण गरेका छन् । उनले सैनिक परिवारलाई सम्मान गरे । राजदूतावासले नेपालका ५० पुस्तकालय तथा शैक्षिक संस्थाहरूलाई पुस्तक उपहारस्वरूप प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ । 

भारतीय राजदूत क्वात्राले मंगलबार उनको निवास इन्डिया हाउसमा स्वागत समारोह आयोजना गरे । कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहभागी भए । समारोहमा पूर्वराष्ट्रपति रामवरण यादवले भारत–नेपाल आल्मुनाई नेटवर्क सम्पर्क तथा सम्पर्क भारत–नेपाल डटकम वेबसाइटको शुभारम्भ गरेको भारतीय दूतावासका प्रवक्ता नवीन कुमारले जानकारी दिए । 

ad
ad