मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ माघ १३ मंगलबार
  • Thursday, 18 September, 2025
फाइल तस्बिर
२o७७ माघ १३ मंगलबार १६:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ माघ १३ मंगलबार १६:५३:oo

प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । पार्टी कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले १९ माघमा भ्रातृ संस्था, २४ माघमा शुभेच्छुक र ३० माघमा ७७ वटै जिल्ला कार्यसमितिले प्रदर्शन गर्ने निर्णय गरेको हो । 

काठमाडौं उपत्यकाका तीन जिल्लाको भने संयुक्त रूपमा प्रदर्शन र सभा हुने कांग्रेसले जनाएको छ । कांग्रेसले यसअघि पनि चरणवद्ध रुपमा विरोध कार्यक्रम गरेको थियो । 

यस्तै बैठकले अधिवेशन हुन बाँकी भ्रातृ संगठनको म्याद ६ महिना थप्ने निर्णय पनि गरेको छ ।