१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १६:१९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

केपी ओली झेली हुन्, अलमलमा नपरौँ : माधव नेपाल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:१९:oo

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले कार्यकर्तालाई अलमलमा नपर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री केपी ओलीले हरेक क्षेत्रमा झेल मात्रै गरेको नेपालको जिकिर छ । 

फिदिममा आयोजिक बृहत् कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेपालले दुईतिहाइ केन्द्रीय सदस्य आफूहरूसँग रहेको भन्दै चुनाव चिह्न र पार्टीको नामका विषयमा अलमलमा नपर्न पनि आग्रह गरे । 

चार सय ४१ मध्ये तीन सयभन्दा बढी केन्द्रीय सदस्य आफूहरूसँग रहेको दाबी गर्दै उनले भने, ‘जम्मा एक सयजना साथीहरू उता जानुभा’छ । त्यो पनि वास्तविकता थाहा पाएपछि यतै आउने हो ।’ आफूहरू नै नेकपाको मूलधार भएको उनको दाबी छ । ओलीले चालेको असंवैधानिक कदमको विरोध जारी रहने पनि उनले बताए । 

आफूलाई प्रचण्डको मामुली कार्यकर्ता बताउने ओलीप्रति नेपालले आफू सक्रिय राजनीतिमा हुँदा उनलाई नदेखेको बताए । भारतको सिलिगुडीदेखि नयाँदिल्लीमा तत्कालीन माओवादी अध्यक्षसँग हुने वार्ताहरूमा ओली के गर्दै थिए भन्दै नेपालले प्रश्न गरे ।

संघीयता र गणतन्त्र ओलीको एजेन्डा नै नभएकाले उनलाई यसप्रतिको माया नरहेको नेपालको दाबी छ । ‘ओली देश र पार्टी दुवैका विरुद्ध छन्,’ नेपालले भने, ‘देशका लागि संविधानविरुद्ध काम गरे, पार्टीका लागि विधानविरुद्ध ।’

तत्कालीन एमालेको अधिवेशनमा झेल गरेर ओली अध्यक्ष भएको नेपालको दाबी छ । बाहिरबाट आएका प्रतिनिधिलाई भोट हाल्नै नदिई पठाएको र सहमतिविपरीत चार पन्नाको मतपत्र बनाएर त्यतिवेला झेल गरेर ओली अध्यक्ष बनेको उनको दाबी छ ।

पार्टीमा लामो समयसम्म सँगै काम गरेका नेता सुवास नेम्वाङलाई नेता नेपालले आफूतर्फ आउन आग्रह गरे । ‘तपाईंले बनाएको संविधानमा प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउने व्यवस्था छैन । फेरि त्यसो गर्नेलाई तपाईं किन साथ दिनुहुन्छ । आउनुस् तपाईंजस्तो भलादमी मान्छे त्यहाँ रहन मिल्दैन,’ उनले भने ।

अर्का नेता वामदेव गौतमलाई नेपालले बालुवा पेलेर तेल निकाल्न खोजेको टिप्पणी गरेका छन् । ‘एकता अभियान भनेको के हो ?’ उनले भने, ‘यो काम नगर्नुस्, बालुवा पेलेर तेल आउँदैन ।’

ओेली पार्टीको अध्यक्ष अब नरहेको भन्दै नेपालले हिजो नेतृत्वमा पु¥याउनु गल्ती भएको बताए । 
 

ad
ad