मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रासस/सिन्ह्वा नयाँ दिल्ली
२०७७ माघ १३ मंगलबार १५:४८:००
Read Time : < 1 मिनेट
विश्व

भारतमा गणतन्त्र दिवसका दिन किसानहरूको ट्याक्टर ऱ्याली

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा नयाँ दिल्ली
२०७७ माघ १३ मंगलबार १५:४८:००

भारतका किसानले गणतन्त्र दिवसका अवसरमा ट्याक्टर ऱ्याली प्रदर्शन गरेका छन् । कृषिसम्बन्धी तीन कानुन खारेजको माग गर्दै आन्दोलनमा उत्रिएका किसानले गणतन्त्र दिवसको दिन प्रतीकात्मक रूपमा ट्याक्टर ऱ्याली निकालेका हुन् । 

राजधानी नयाँदिल्लीको चक्रपथमा किसानले ट्याक्टर ऱ्याली निकालेपछि सुरक्षाकर्मीसँग झडप पनि भएको थियो । गणतन्त्र दिवसका अवसरमा आयोजित परेड प्रदर्शन कार्यक्रमलाई असर पार्न लागेकाले किसानको ट्याक्टर ऱ्यालीमा हस्तक्षेप गर्नुपरेको सरकारी अधिकारीहरूले स्पष्ट पारेका छन् ।

भारतमा किसानको आन्दोलन लामो समयदेखि चलिरहेको छ भने वार्ता पनि पटकपटक भएका छन् । तर, वार्तामा सहमति नभएकाले आन्दोलनले निरन्तरता पाइरहेको छ । किसान आन्दोलन पछिल्लो समय केन्द्रीय राजधानी नयाँदिल्लीकेन्द्रित भएको छ ।