मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ माघ १३ मंगलबार ०८:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा निजी आवास पुनर्निर्माणका लागि  तीन अर्ब २२ करोड ५० लाख खर्च

Read Time : < 1 मिनेट
२०७७ माघ १३ मंगलबार ०८:५३:००

लमजुङमा विनाशकारी भूकम्पपछिको निजी आवास पुनर्निर्माणमा तीन अर्बभन्दा बढी रकम खर्च भएको छ । विनाशकारी भूकम्पले भत्काएका आवास पुनर्निर्माणमा हालसम्म तीन अर्ब २२ करोड ५० लाख रुपैयाँ खर्च भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार शाखाले जनाएको छ ।

 जिल्लामा १४ हजार ६ सय २१ ले आवास पुनर्निर्माण सम्झौता गरी पहिलो किस्ता लिएका छन् । जसमध्ये १७ जनाले आर्थिक अभावका कारण तोकिएको समयमा आवास पुनर्निर्माण सम्पन्न गर्न नसक्ने भन्दै पहिलो किस्ताको ५० हजार र दुईजनाले दोस्रो किस्तासमेत फिर्ता गरेको जिल्ला आयोजना कार्यन्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका फोकल पर्सन विनायक दवाडीले बताए । 

उनका अनुसार हालसम्म आठ हजार पाँच सय ८६  लाभग्राहीले आवास पुनर्निर्माण सम्पन्न गरी तेस्रो किस्ताको रकम बुझिसकेका छन् भने दोस्रो किस्ता लिने लाभग्राही संख्या १० हजार आठ सय १६ रहेको छ । ०७२ को भूकम्पले लमजुङमा १४ हजार ६ सय ४९ निजी घर भत्किएका थिए भने आठ सय ९४ घर प्रबलीकरण लाभग्राहीका सूचीमा परेको थियो । 

पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ लमजुङका अनुसार जिल्लामा हालसम्म ५५ प्रतिशत घर निर्माण भएका छन् । चार नगरपालिका र चार गाउँपालिका रहेको लमजुङमा दुधपोखरी गाउँपालिकामा सबैभन्दा बढी क्षति भएको थियो । असारसम्म निजी आवासको पुनर्निर्माण सकिने कार्यालयको योजना भए तापनि कोरोनाका कारण निर्माण कार्य प्रभावित भएको कार्यालयले जनाएको छ ।