मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस काठमाडौ
२०७७ माघ ११ आइतबार १५:०२:००
Read Time : < 1 मिनेट
समाचार

कोरोना भाइरस संक्रमणबाट विदेशमा थप नौजना नेपालीको निधन 

Read Time : < 1 मिनेट
रासस काठमाडौ
२०७७ माघ ११ आइतबार १५:०२:००

कोरोना भाइरस संक्रमणबाट विदेशमा थप नौजना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा चार, कुवेतमा तीन, पोर्चुगलमा एक र मलेसियामा एकजनाको निधन भएको हो ।  

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै कोरोना भाइरसबाट २० देशमा मृत्यु हुनेको संख्या तीन सय २७ पुगेको छ ।  संघको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५६ हजार २६ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ५३ हजार चार सय ३२ जना कोरोनामुक्त भइसकेका छन् । गैरआवासीय नेपाली संघ, स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, पोर्चुगल, स्पेन, पोल्यान्ड, मलेसिया, जापानलगायत मध्यपूर्वमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ ।  

यस्तै कोरोना भाइरसका कारण नेपालमा एक हजार नौ सय ९४ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरस संक्रमण हुनेको संख्या दुई लाख ६९ हजार एक सय ८० जना छन् भने दुई लाख ६३ हजार सात सय ३४ जना अर्थात् ९७.५ प्रतिशत कोरोनामुक्त भएका छन् ।  

एक सातामा औसतमा दुई हजार नेपाली संक्रमित
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले एक सातामा औसतमा दुई हजार नेपाली संक्रमित भइरहेको जनाएको छ । सो आधारमा एक महिनामा औसतमा आठ हजार नेपाली संक्रमित हुने गरेको समितिका संयोजक सञ्जीव सापकोटाले जानकारी दिए ।