मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७७ माघ ११ आइतबार
  • Thursday, 13 August, 2026
२o७७ माघ ११ आइतबार o९:१३:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बलात्कार अभियोगमा वडाध्यक्ष पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ माघ ११ आइतबार o९:१३:oo

युवती बलात्कारको अभियोगमा प्रहरीले मन्थली नगरपालिका– १० का वडाध्यक्ष भरत बोहरालाई पक्राउ गरेको छ । वडाध्यक्ष बोहराले भक्तपुरको ठिमीमा एक युवतीलाई ललाइफकाई जबर्जस्ती बलात्कार गरेको अभियोगमा रामेछाप प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पीडित युवतीले आफूलाई वडाध्यक्ष बोहराले जबर्जस्ती करणी गरेको भन्दै महानगर प्रहरी वृत्त ठिमी भक्तपुरमा किटानी जाहेरी दिएकी थिइन् । युवतीको किटानी जाहेरीपछि महानगर प्रहरी वृत्त ठिमीले वडाध्यक्ष बोहरालाई पक्राउ गरी पठाउन जिल्ला प्रहरी कार्यालय रामेछापलाई परिपत्र गरेको थियो ।

प्रहरी वृत्त ठिमीको पत्र पाएपछि अध्यक्ष बोहरालाई शुक्रबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिए ।