मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ माघ ११ आइतबार ०९:१३:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बलात्कार अभियोगमा वडाध्यक्ष पक्राउ

Read Time : < 1 मिनेट
२०७७ माघ ११ आइतबार ०९:१३:००

युवती बलात्कारको अभियोगमा प्रहरीले मन्थली नगरपालिका– १० का वडाध्यक्ष भरत बोहरालाई पक्राउ गरेको छ । वडाध्यक्ष बोहराले भक्तपुरको ठिमीमा एक युवतीलाई ललाइफकाई जबर्जस्ती बलात्कार गरेको अभियोगमा रामेछाप प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पीडित युवतीले आफूलाई वडाध्यक्ष बोहराले जबर्जस्ती करणी गरेको भन्दै महानगर प्रहरी वृत्त ठिमी भक्तपुरमा किटानी जाहेरी दिएकी थिइन् । युवतीको किटानी जाहेरीपछि महानगर प्रहरी वृत्त ठिमीले वडाध्यक्ष बोहरालाई पक्राउ गरी पठाउन जिल्ला प्रहरी कार्यालय रामेछापलाई परिपत्र गरेको थियो ।

प्रहरी वृत्त ठिमीको पत्र पाएपछि अध्यक्ष बोहरालाई शुक्रबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिए ।