मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७७ माघ ९ शुक्रबार
  • Wednesday, 02 September, 2026
रमेश रावल वीरेन्द्रनगर
२o७७ माघ ९ शुक्रबार ११:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तीन दिनदेखि कर्णालीमा हवाई सेवा अवरुद्ध

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
नयाँ पत्रिका
२o७७ माघ ९ शुक्रबार ११:o२:oo

तीन दिनदेखि कर्णालीको हवाई सेवा अवरुद्ध भएको छ । बाक्लो हुस्सुका कारण  हुम्लाको सिमकोट, मुगुको ताल्चा र डोल्पाको जुफाल विमानस्थलमा तीन दिनदेखि हवाई सेवा अवरुद्ध भएको हो । 

बिहानको समयमा नेपालगन्ज र सुर्खेत विमानस्थलमा हुस्सु लाग्ने र हिमाली जिल्लामा दिउँसो हावा चल्ने भएकाले हवाई सेवा अवरुद्ध भएको नेपालगन्ज विमानस्थलका कार्यालय प्रमुख प्रेमनाथ ठाकुरले बताए ।

‘नेपालगन्जमा बिहानै बाक्लो हुस्सु लाग्ने र मध्याह्नपछि हिमाली जिल्लाका विमानस्थलमा हावा चल्ने समस्याले गर्दा तीन दिनदेखि हवाई उडान हुन सकेका छैनन्,’ उनले भने, ‘हुस्सुको समस्याले गर्दा नेपालगन्जमा उडान नभएको तीन दिन भयो ।’ हवाई सेवा अवरुद्ध भएपछि यात्रुहरूलाई समस्या भएको छ ।