मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ६ मंगलबार २०:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केपी ओलीले सार्वभौमिकतामाथि हमला गरेको हो :  प्रचण्ड (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ६ मंगलबार २०:५४:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले सार्वभौमिकतामाथि हमला गरेको बताएका छन् । आफूनिकट पत्रकारहरूको संगठन प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले ओलीले प्रतिनिधिसभा विघटन गरी राजतन्त्रलाई पुनर्स्थापित गर्ने तथा देशलाई निरंकुशता र अराजकताको भुमरीमा लैजाने प्रक्रियाको सुरुवात गरेको दाबी गरे । ओलीको यस कदमलाई हरमूल्यमा रोक्ने उनले बताए । 

प्रचण्डले ओलीले विदेशी शक्तिको विरोध गरेर राष्ट्रवादको नारा लगाए पनि तिनै विदेशीसँग लम्पसार परेर पार्टी फुटाउने दुस्साहस गरेको बताए । ओलीको राष्ट्रवाद खोक्रो तथा सामन्ती राष्ट्रवाद रहेको प्रचण्डको टिप्पणी छ ।