१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ६ मंगलबार ०६:०४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वैदेशिक रोजगारीबाट फर्किएकालाई टाटा गाडीमा सस्तो किस्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ६ मंगलबार ०६:०४:००

नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विदेशबाट नेपाल फर्किएका युवालाई कम किस्तामा व्यावसायिक गाडी दिने भएको छ । कम्पनीले टाटा मोटर्स स्वावलम्बी अभियान सार्वजनिक गर्दै सस्तो किस्तामा गाडी दिने घोषणा गरेको हो । 

अभियानअन्तर्गत टाटा कमर्सियल गाडीहरूको खरिदमा विनाधितो ६ प्रतिशतभन्दा कम ब्याजदरमा ७५ प्रतिशतसम्मको फाइनान्स सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यसका साथै व्यावसायिक परामर्शको समेत व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

युवा वर्गलाई स्वदेशमा नै व्यापार–व्यवसाय गर्ने वातावरण मिलाउन सहयोग गर्दै आत्मनिर्भर बनाउने उद्देश्यका साथ यो अभियान सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।