लडेर प्रहरी हवल्दारको मृत्यु

शनिबार, ३ माघ, २०७७
डिजिटल संस्करण

हुम्लाको चंखेली गाउँपालिका मेल्छाम प्रहरीचौकीमा कार्यरत प्रहरी हवल्दारको लडेर मृत्यु भएको छ । पुस २८ गते सुरक्षा गस्ती गएका वेला माथिबाट खसेको ढुंगा छल्न खोज्दा प्रहरी हवल्दार देवेन्द्र खड्काको  मृत्यु भएको हो ।

ढुंगा लागेर घाइते भएका खड्कालाई उपचारका लागि चंखेलीको पिप्लाङबाट मुगु हुँदै हेलिकोप्टरबाट काठमाडौं पुर्याइएको थियो । काठमाडौंस्थित नेपाल प्रहरी अस्पताल महाराजगन्जमा उपचारका क्रममा उनकाे शुक्रबार मृत्यु भएको
हो ।

 बर्दिया जिल्ला घर भएका खड्काको शुक्रबार  नै हिन्दु संस्कारअनुसार दाहसंस्कार गरिएको छ ।

सुझावित समाचार