मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ माघ २ शुक्रबार १२:४८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसद् विघटन जनताको चाहना हाेइन र राष्ट्रको हितमा पनि छैन : अध्यक्ष तिमिल्सिना

Read Time : > 1 मिनेट
२०७७ माघ २ शुक्रबार १२:४८:००

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् विघटन जनताको चाहना नभएको र राष्ट्रको हितमा समेत नरहेको बताएका छन् ।

अध्यक्ष तिमिल्सिना प्रधानमन्त्री केपी ओलीनिकटका हुन् । तैपनि आज शुक्रबार पोखरामा आयोजित कार्यक्रममा सम्बोधन गर्ने क्रममा सुरुमा उनले यस्तो अभिव्यक्ति दिएका हुन् । 

नेपाल पत्रकार महासंघ कास्कीको शुक्रबार पोखरामा सम्पन्न १५औँ साधारणसभालाई सम्बाेधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘नेपाली जनताले इतिहासमा आफनो पूर्ण कार्यकाल बिताएको लोकतान्त्रिक सरकार हालसम्म पनि देख्न नपाउनु विडम्बनाको कुरा हो, यो कत्ति पनि राम्रो हाेइन,’ उनले थपे ‘१५ सालमा दुईतिहाइको सरकार महेन्द्रको कारण गयो, त्यो समय सरकार मात्र गएन व्यवस्था पनि गयो, ४८ सालमा बहुदल प्राप्त गरेपछिको पहिलो सरकार बहुमतको थियो त्यो पनि मध्यावधिमा गयो ।’

राजनीतिक हिसाबले यसरी सरकारहरू अस्थिर भइरहने कारणले विकास निमार्ण पनि हुन सकेन भन्ने दल र नेताहरूले निचोड निकालेको उनले बताए । 

यही विषयलाई विचार गरेर जनताले स्थिर सरकारका लागि बहुमत दिएका भए पनि परिस्थिति सोअनुकूल अघि बढ्न नसक्नु विडम्बना भएको उनको भनाइ थियो । 

‘तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मोर्चा नाएर जाँदा झन्डै दुईतिहाइको बहुमत प्राप्त भयो, त्यो स्थिरताका लागि थियो । तर, त्यो स्थिरता नेकपाले दिन सकेन उल्टै दुईतिहाइको सरकार विघटनसँगै पार्टी पनि फुटको संघारमा पुग्यो । यस्तो खालको कुरा नेपाली जनता कसैले चाहेको कुरा पनि हाेइन र देशको हितमा पनि छैन ।

यस्तो कुरामा नेता र दलहरूले ध्यान पुर्‍याउनुपर्छ, जनता र जनताको अभिमतप्रति नेताहरूले कदर गर्ने र पालना गर्ने कुरामा चुक्यौँ भने इतिहासले हामीलाई माफी दिने छैन,’ उनले भने । 

चुनाव भइछाड्छ, हुँदैन भन्नेमा किन प्रश्न गर्ने  ?
संसद् विघटन देश र जनताको हितमा नरहेको बताएका उनले चुनाव भने भइछाड्ने दाबी गरे । 

‘एउटा कुरा गरिएको छ नि अहिले चुनाव हुँदै हुँदैन भन्ने । चुनाव हुने नहुने पहिलो कुरा अदालतमा भर पर्छ, चुनाव हुँदैन भनी किन प्रश्न गर्ने ?’ उनले प्रश्न गरे । 

उनले थपे, ‘हुँदैन भनी किन प्रश्न गर्ने, चुनाव हुनुपर्छ हुन्छ, हुन्छ, हुन्छ भनेर जानुपर्छ । चुनाव गराउनुपर्छ, पहिला आशंका गर्दै गरेर गए अस्थिरता चाहने तत्वहरूलाई बल पुग्छ ।’

कार्यक्रममा नयाँ पत्रिका सहकर्मी गोविन्द सुवेदीसहित नौजना पत्रकारलाई विभिन्न पुरस्कारबाट सम्मान गरिएको थियो ।