१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १५:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

ओली गुट गलत बाटोमा छ, सडकको धुलोमा मिसिन्छ : नेपाल (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १५:५८:oo

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले ओली गुट गलत बाटोमा गएको आरोप लगाएका छन् । यो समूहले काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले ओली गुटले फैलाएका भ्रमलाई एक–एक गरी चिर्दै अगाडि बढ्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

उनले भने, ओली गुट गलत बाटोमा छ । तपाईंहरू भ्रममा नपर्नु । ओली गुटले फैलाएका भ्रमलाई एक–एक गरी चिर्नुपर्छ । ओली झुटको पुलिन्दा हो । ओली समूहको पार्टी, पार्टी होइन, उनको समूह सडकको धुलोमा परिणत हुन्छ । त्यो समूहबाट असन्तुष्ट भएर यता आउने साथीहरूको संख्या धेरै छ । उहाँमा भएको आरचण, संस्कार र सोचका कारण कोही टिक्नेवाला छैन त्यहाँ । त्यो समूह, ओली कुनै पनि हालतमा कम्युनिस्ट होइन ।’ 

नेपालले लोकतन्त्र र संविधानमा प्रहार गरेपछि प्रधानमन्त्री ओली एक्लिँदै गएको बताए । उनले भने, ‘असंवैधानिक कदमले ओलीलाई एक्लो र निरिह बनाएको छ ।  उहाँ (ओली) सबैतिरबाट एक्लिनुभएको छ। प्रायः तानाशाहहरु यसरी नै एक्लिँदा रहेछन् ।’ 

उनले ओलीले खेलाएर मान्छेलाई तह लगाउन खोज्ने प्रवृत्ति रहेको बताए।  ‘उहाँ खेलाडी पनि हुनुहुन्छ, चतुर त नभनौँ, उहाँ खेलाएर मान्छेलाई तह लगाउन सक्छु भन्ने ठान्नुहुन्छ’, उनले भने, ‘अहिले हेर्नुहोस् त डम्मरु बजाउँदै टिकट बाँड्दै, केन्द्रीय सदस्य बन्न आउन भनेर टिकट बाँडिरहनु भएको छ।’

ad
ad