१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ पौष २९ बुधबार १२:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनमाथि सुनुवाइ सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ पौष २९ बुधबार १२:१०:००

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सुनुवाइ सुरु भएको छ । सुनुवाइका लागि सर्वाेच्चले आज बिहान प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा इजलास पुनर्गठन गरेको छ ।

इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् । न्यायाधीश मल्ल नयाँ थपिएकी हुन् । गत बुधबारको सुनुवाइमा कानुन व्यवसायीहरूले प्रश्न उठाएपछि इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीले बाध्य भएर प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइमा नबस्ने घोषणा गरेका थिए।

पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले बहस गरिरहेका छन् । निवेदकले प्रतिनिधिसभा विघटनको सुनुवाई बृहत इजलासमा हुनु पर्ने माग गरेका छन् । अहिले गत मंगलबार ११ जना निवेदकले दर्ता गराएको बृहत इजलासमा जैलानु पर्ने निवेदनमाथि छलफल भइरहेकाे छ।