१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष २८ मंगलबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ पौष २८ मंगलबार २१:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्थायित्वका लागि नयाँ संसद् : गृहमन्त्री थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ पौष २८ मंगलबार २१:४४:oo

गृहमन्त्री रामबहादुर थापा बादलले नयाँ निर्वाचनमार्फत बनेको संसद्ले मात्रै मुलुकमा स्थायित्व दिन सक्ने जनाएका छन् । उनले पुरानै प्रतिनिधिसभा ब्युँताइए पनि त्यसले देशमा स्थायित्व कायम गर्न नसक्ने जनाए । 

‘अहिले नेपालमा फेरि अस्थिरता देखिएको छ । बहुमत हुँदाहुँदै पनि आफ्नै पार्टीका नेताहरूको असहयोगका कारण संसद् विघटन गर्नुपरेको छ,’ मंगलबार ललितपुरमा आयोजित अखिल नेपाल खेलकुद महासंघको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रममा बादलले भने, ‘अब नयाँ निर्वाचनमार्फत आउने नयाँ संसद्ले मात्रै मुलुकलाई स्थायित्व दिनेछ ।’

नेकपाका सचिवालय सदस्य बादलले प्रचण्ड–माधव नेपाल समूहले आफ्नै पार्टीका अध्यक्ष र प्रधानमन्त्रीलाई हटाउने प्रयास गर्दा प्रतिनिधिसभा विघटन गर्नुपरेको जनाए । उनले भने, ‘आफ्नै पार्टीको अध्यक्ष र प्रधानमन्त्रीलाई हटाएर स्थायित्व कायम हुन्छ ?’ उनले प्रचण्ड–नेपाल समूहले देशलाई प्रतिगमततर्फ धकेल्न खोजेको आरोप लगाए । उनले जनताले मात्रै प्रतिगमन रोक्न सक्ने भएकाले नयाँ निर्वाचनमा जान आवश्यक रहेको बताए ।

उनले खेलाडी र खेलकर्मीहरूलाई समेत चुनावका लागि तयारी रहन आग्रह गरे । बादलले अब खेलाडीहरूका लागि देशभरको एक सय ६५ निर्वाचन क्षेत्र नै खेल मैदान हुने बताए ।

उनले मंगलबार नै कालीबहादुर घर्तीमगर ‘वसन्त’को संयोजकत्वमा ९९ सदस्यीय अखिल नेपाल खेलकुद महासंघको घोषणा गरेका छन् । घर्तीमगर नेपाल मार्सल आर्टस् हाप्किडो संघका अध्यक्ष हुन् । उनी पूर्वमाओपादीको खेलकुद महासंघको महासचिव थिए । बादलले ओली पक्षको खेलकुद महासंघसँग आफूअन्तर्गतको यो खेलकुद महासंघलाई चाँडै समाजोजन गर्ने पनि बताए ।