१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २७ सोमबार १०:१२:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

दार्जिलिङका लेखनाथको ‘फुलाङ्गे’ बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २७ सोमबार १०:१२:००

दार्जिलिङका युवा लेखक लेखनाथ क्षत्रीको उपन्यास ‘फुलाङ्गे’ बजारमा आएको छ । क्षत्री लेखनका साथै अनुवादमा पनि सक्रिय स्रष्टा हुन् । यसअघि उनको कवितासंग्रह र रवीश कुमारको चर्चित पुस्तक ‘मुक्त आवाज’को नेपाली अनुवाद प्रकाशित छन् । 

पहिलो उपन्यासका रूपमा ‘फुलाङ्गे’ ल्याएका क्षत्रीको पुस्तकले सत्ता र शक्तिबीच दबाइएका सपनाहरूको कथा भन्छ । यसका चरित्रहरू सत्ताले निर्माण गरेका कठपुतलीहरू हुन् । दार्जिलिङलाई सत्ताको मोहोरा वा कठपुतली हुन कसले अभिशप्त पा¥यो भन्ने सवालको खोजी गर्ने कोसिस क्षत्रीले पुस्तकमा गरेका छन् । 

ऐतिहासिक संघर्षका भुइँप्वाल देखाउने यो आख्यान दार्जिलिङको संघर्षको दस्ताबेजको साथै गोर्खाल्यान्ड आन्दोलनको समाजशास्त्रीले अध्ययन पनि भएको सांग्रिला बुक्सका प्रकाशक मणि शर्मा बताउँछन् । सांग्रिला बुक्स नेपाल र इन्डियाले संयुक्त रूपमा प्रकाशन गरेको यो पुस्तक भारतका नेपाली पाठकका लागि अर्को सातादेखि उपलब्ध हुने बताइएको छ । नेपालमा भने सार्वजनिक भइसकेको छ ।