मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७७ पौष २४ शुक्रबार ११:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डल्लपमा मोटरसाइकल ठाेक्किँदा माेटरसाइकल चालकको मृत्यु 

Read Time : < 1 मिनेट
२०७७ पौष २४ शुक्रबार ११:३४:००

बर्दियामा सवारी दुर्घटनामा पनि एकजनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका– १ डुम्रेनी बस्ने २२ वर्षीय त्रिभुवन आचार्यको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो । 

उनी सवार मोटरसाइकल बिहीबार राति मनुषा टीकासिंह थापा बहुमुखी क्याम्पसनजिक डल्लपमा ठोक्किँदा आचार्यको ज्यान गएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका आचार्यको उपचारका लागि मेडिकल कलेज कोहोलपुर लैजाने क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया लगिएको प्रहरीले जनाएको छ । 

मोटरसाइकलमा सवार रहेको अर्का एकजना घाइते भएका छन् । ठाकुरबाबा नगरपालिका १ डुम्रेनीकै अन्दाजी २२ वर्षीय तीर्थ आचार्य घाइते भएको प्रहरीले जनाएको छ । 

उनको अहिले जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक कविराज रोकायाले बताए ।

कुहिरो लागेको र डल्लपमा रिफ्ल्याक्टर नभएका कारण रातिको समयमा डल्लप नदेखिएकोले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।