मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
शिल्पा कर्ण काठमाडौं
२०७७ पौष २२ बुधबार १५:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संवैधानिक इजलासबारे प्रश्न उठेपछि न्यायाधीश कार्की इजलासमा नबस्ने, आउँदो बुधबार इजलास बस्ने

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
२०७७ पौष २२ बुधबार १५:२५:००

संसद विघटनविरुद्ध परेको रिटहरू हेर्न गठित संवैधानिक इजलासबारे निरन्तर प्रश्न उठेपछि अबको इजलासमा न्यायाधीश हरिकृष्ण कार्की नबस्ने भएका छन् । 

अब आउने बुधबार बस्ने संवैधानिक इजलासमा न्यायाधीश कार्की नबस्ने स्रोतले जनाएको छ । 

आज बुधबार भएको बहसमा वरिष्ठ अधिवक्ताहरू मुक्ति प्रधान, शम्भु थापा र दिनेश त्रिपाठीले यस इजलासमा न्यायाधिक कार्कीलाई समावेश गरेकोमा आपत्तिसहित दलिल पेस गरेका थिए । उनीहरूले अन्य १४ जनाको रोस्टरमा विकल्प हुँदाहुँदै उनलाई समावेश गरिएकोमा अमिल्दो भएको जनाएका थिए । 

यसबारेमा सार्वजनिक रूपमा समेत आलोचना हुँदै आएको छ ।

आज भएको संवैधानिक इजलासको बहसपछि अब संसद् विघटनउपर परेको रिटका बारेमा पर्सि शुक्रबार इजलासमा बहस नहुने भएको छ । संवैधानिक इजलास बसे तापनि यो मुद्दा नपर्ने भएको छ । 

यसबारेमा आउँदो बुधबार मात्र बहस हुनेछ ।