१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २२ बुधबार ०७:०८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पृथ्वीनारायण शाहको अवमूल्यन भयो : मनीषा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २२ बुधबार ०७:०८:००

अभिनेत्री मनीषा कोइरालाले पृथ्वीनारायण शाहको अवमूल्यन भएको बताएकी छिन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले राजनीतिक अस्थिरता भए पनि देश अस्थिर बन्न नहुने बताउँदै पृथ्वीजयन्तीलाई राष्ट्रिय मान्यता दिलाउन माग गरिन् । 

‘पृथ्वीनारायण शाहको अवमूल्यन भएको छ । आधुनिक नेपालको सम्मान नै उहाँको सम्मान हो । विदेशी हस्तक्षेपलाई अब टिक्न दिनु हुँदैन,’ उनले भनिन्, ‘पछाडि के भयो बिर्सौँ, राष्ट्रिय एकता दिवसको मूल्यलाई सम्झिएर हामीले यो दिवस मनाउनुपर्छ ।’

सरकारले पृथ्वीजयन्तीलाई राष्ट्रिय दिवसको मान्यता दिएको छैन । तर, कोइरालाले भनिन्, ‘विगतका कुरा बिर्सेर पृथ्वीजयन्ती मनाउन म सबैलाई आग्रह   गर्दछु ।’ उनले २७ पुसमा बिहान साढे १० बजे रत्नपार्कमा भेला हुन आह्वान पनि गरिन् । कोइरालाको अभियानमा पूर्वडिआइजी रमेश खरेल, सुरेन्द्र भण्डारी, बालकृष्ण न्यौपानलेलगायत जोडिएका छन् ।