१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
एजेन्सी
२o८१ बैशाख २१ शुक्रबार १३:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट

कोरोनाको नयाँ संस्करणबाट संकटमा बेलायत, एकै दिन ५७ हजार सात सय संक्रमित थपिए

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:o५:oo

कोरोना भाइरस (कोभिड– १९) को नयाँ संस्करणको प्रकोपबाट संकटग्रस्त बनिरहेको बेलायतमा शनिबार एकै दिन ५७ हजार सात सय २५ जना संक्रमित थपिएका छन् । संक्रमितको संख्या निरन्तर बढिरहेकाले बेलायत सरकारले भोलि सोमबारदेखि सुरु हुन लागेको प्राथमिक स्कुलको नयाँ शैक्षिक सत्र सुरु नगर्न निर्देशन दिएको छ । 

सरकारको यो निर्णयसँगै केही विद्यालय र शिक्षकसँग सम्बन्धित संघसंस्थाले केही क्षेत्रमा कोरोना भाइरस फैलँदैमा देशैभरका विद्यालय बन्द गर्नु नहुने तर्क गरेका छन् । जसका कारण राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)प्रति दबाब बढिरहेको जनाइएको छ । बेलायतका शिक्षासचिव विलियम्सनका अनुसार संक्रमण देशैभर बढिरहेको छ । त्यसमा पनि लन्डनमा संक्रमण दर निकै छ । यसकारण देश र आमनागरिकको स्वास्थ्यप्रति ध्यान दिँदै यो कदम चालिएको उनको भनाइ छ ।   

नयाँ संस्करणको कोरोना भाइरसबाट विशेष गरी लन्डन, दक्षिण पूर्व इंग्ल्यान्ड बढी प्रभावित भएका छन् । यी क्षेत्रमा पूर्व अनुमान गरिएभन्दा पनि बढी संक्रमित फेला पर्न थालेका छन् । भाइरस नियन्त्रण गर्नका लागि कडा खालका नियम अपनाउनुपर्ने अवस्था छ । स्वास्थ्यसचिव म्याट ह्यानककका अनुसार पछिल्लो एक सातामा लन्डनमा संक्रमितको संख्या निरन्तर बढेको मात्रै छैन अस्पतालमा उपचार गर्न जानेको संख्या पनि बढिरहेको छ ।  जसका कारण अस्पतालमा भिडभाड हुन थालेको छ । 

बेलायतमा शुक्रबार ५३ हजार दुई सय ८५ जनामा कोभिड– १९ संक्रमण फेला परेको थियो । यसमध्ये ६ सय १३ जनाको मृत्यु भएको थियो । योसहित बेलायतमा हालसम्म ७४ हजार जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् । राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का अनुसार आगामी साता बेलायतको अवस्था अझै खराब हुन सक्ने चेतावनी दिएका छन् । 


  
 

ad
ad