मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख १० शुक्रबार
  • Friday, 23 April, 2021
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष १७ शुक्रबार १८:२९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

जसपा र नेकपा एकीकृत मार्क्सवादीबीच एकता घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष १७ शुक्रबार १८:२९:००

जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत मार्क्सवादी पार्टीबीच एकता घोषणा भएको छ । शुक्रबार दुवै पार्टीका शीर्ष नेताहरूको उपस्थितिमा ललितपुरमा कार्यक्रम गरी एकताको घोषणा गरिएको हो । 

कार्यक्रममा नेताहरूले नेपालमा लामो समयदेखि चलिआएको लोकतान्त्रिक आन्दोलनमा श्रमजीवी र उत्पीडित जनताको मुक्तिका लागि एकता आवश्यक भएको बताएका छन् । कार्यक्रममा जसपा अध्यक्ष महन्थ ठाकुरले देशमा भइरहेका विभिन्न विभेदको अन्त्य गर्न र राज्यको सबै निकायमा समान प्रतिनिधित्व गराउन जसपाले संघर्ष गरिरहेको बताए । 

जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले देशमा जुन राजनीतिक प्रणाली आए पनि पछिपारिएका समुदायले शासनमा आफ्नो अनुभूति गर्न नसकेका कारण विकल्पमा जसपा चाहिएको बताए । 

जसपाले देशमा राजनीतिक विकल्प दिन विभिन्न संघसंगठन तथा पार्टीलाई एकीकृत गर्ने अभियान जारी राख्ने नेताहरूले बताएका छन् ।