मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ पौष १७ शुक्रबार
  • Thursday, 18 September, 2025
रासस
२o७७ पौष १७ शुक्रबार ११:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णाली प्रदेश अर्थ समितिका सभापतिको गाडीमा आगजनी 

Read Time : < 1 मिनेट
रासस
नयाँ पत्रिका
२o७७ पौष १७ शुक्रबार ११:१६:oo

कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडीमा गएराति अज्ञात समूहले आगजनी गरेको छ।

जाजरकोट (क)बाट निर्वाचित प्रदेश सभा सदस्य एवं सभापति गणेशप्रसाद सिंह चढ्दै आएको कर्णाली प्रदेश ०२००१झ००४० नम्बरको उक्त गाडी भेरी नगरपालिका– ७ पुन्मामा गएराति अन्दाजी १० बजेको समयमा अज्ञात समूहले पेट्रोल छर्केर पूर्ण रूपमा क्षति बनाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । 

प्रदेशका योजना अनुगमन गर्न गएका सिंहको गाडी अज्ञात समूहले जलाएको हो ।