१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o८:३५:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

भेरीमा ‘क्रिटिकल केयर’ जनशक्ति नहुँदा उपचारमा समस्या

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:३५:oo

कोभिडका लागि एक सय ६४ बेड, तर क्रिटिकल केयर दक्ष जनशक्ति नहुँदा बाहिरका महँगा अस्पतालमा उपचार गराउनुपर्ने बाध्यता

कोरोना भाइरसको संक्रमण भएपछि पूर्वखानेपानी राज्यमन्त्री दिनेशचन्द्र यादवलाई १२ पुसमा भेरी अस्पतालको कोभिड अस्पतालमा भर्ना गरियो । स्वास्थ्यमा जटिल समस्या देखिएपछि आइसियूमा राखिएका उनको स्वास्थ्यमा सुधार आएन । त्यसपछि १४ पुसमा नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौंस्थित ग्रान्डी अस्पताल लगियो । 

त्यस्तै, उपचार हुन नसकेपछि भेरी अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. कल्पना थापा, लाइन्स क्लब डिस्ट्रिक्ट ३२५ वी टु का पूर्वगभर्नर मधुसुदन शर्मा, हिरा फार्मेसीका सञ्चालक यामबहादुर गुरौलाई पनि थप उपचारका लागि भारतको दिल्लीस्थित म्याक्स अस्पताल लगियो । भेरी अस्पतालमा भेन्टिलेटर र आइसियूको व्यवस्था भए पनि क्रिटिकल केयरका लागि दक्ष जनशक्ति नभएकाले उनीहरूलाई काठमाडौं र भारत लैजानु परेको भेरी अस्पतालका वरिष्ठ सर्जन एवं कोभिड अस्पताल व्यवस्थापक डा. श्यामसुन्दर यादवले बताए । 

पूर्वराज्यमन्त्री यादवको काठमाडौंमा उपचार भइरहेको छ भने स्त्रीरोग विशेषज्ञ डा. थापा, पूर्वगभर्नर शर्मा, फार्मेसीका सञ्चालक गुरौ निको भएर घर फर्किसकेका छन् । नेपालगन्जबाट थप उपचारका लागि काठमाडौं लगिएपछि यादवको स्वास्थ्यमा सुधार भएको उनका सहयोगी कैलाश यादवले बताए । 

भेरी अस्पतालमा एक सय ६४ बेडको कोभिड अस्पताल सञ्चालनमा छ । ७२ बेडले अपुग भएपछि ९२ बेड थप गरी एक सय ६४ पुर्‍याइएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए । पाँचवटा भेन्टिलेटर सञ्चालनमा रहेको बताउँदै थप सातवटा जडान हुने क्रममा रहेको उनले बताए । 

उनीहरू सबैको भेरी अस्पतालमै उपचार सम्भव थियो । सबै उपकरण पनि छन् । तर, क्रिटिकल केयरमा विज्ञता हासिल गरेका चिकित्सक नभएकाले अन्यत्र लग्नु परिरहेको छ । ‘क्रिटिकल केयरसम्बन्धी विज्ञता हासिल गरेका दक्ष जनशक्ति भएको भए स्वास्थ्यमा गम्भीर समस्या देखिएका कोरोनाका बिरामीलाई बचाउन सकिन्थ्यो । बाहिरको महँगो अस्पतालमा उपचार गराउनुपर्ने बाध्यताको अन्त्य पनि हुने थियो,’ डा. यादवले भने, ‘क्रिटिकल केयरमा दक्षता हासिल गरेका चिकित्सक नहुँदा उपचारमा समस्या भएको छ ।’

दक्ष जनशक्ति नभएपछि भेरी अस्पतालमा कार्यरत फिजिसियन डा. पारस पाण्डेले क्रिटिकल केयरको काम गर्दै आएका छन् । जनशक्ति नभएपछि काम चलाउनका लागि उनलाई तालिम दिइएको डा. यादवले बताए । स्वास्थ्यमा जटिल समस्या देखिएका कोरोनाका बिरामीलाई औषधि कसरी चलाउने, स्याहार कसरी गर्ने, खाना र अन्य औषधिको व्यवस्था कसरी गर्नेजस्ता काम क्रिटिकल केयरसम्बन्धी पढेका जनशक्तिलाई थाहा हुने भएकाले कोभिड अस्पतालमा दक्ष जनशक्ति अति आवश्यक भएको उनको भनाइ छ । 

उनले पछिल्लो समय गम्भीर समस्या देखिएका कोरोना संक्रमित अस्पताल आउने क्रम बढेको बताए । उपचारका लागि अस्पताल आएकामध्ये अधिकांशको स्वास्थ्यमा गम्भीर समस्या देखिने गरेको उनको भनाइ छ । ‘कोभिड अस्पतालमा ४७ जना भर्ना छन्, तीमध्ये २६ जनाको अवस्था गम्भीर छ,’ डा. यादवले भने ।

चिसोयाममा भाइरस लामो समयसम्म जीवित रहने र बिरामीमा श्वासप्रश्वासको समस्या देखिने भएकाले गम्भीर समस्याका कोरोना संक्रमित बिरामी अस्पताल आउने गरेको उनले बताए । भेरी अस्पतालमा हालसम्म पाँच सय ८८ जना संक्रमितको उपचार भएको छ । तीमध्ये बाँकेका ४५ र बाहिरी जिल्लाका ७७ गरी एक सय २२ जनाको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन समितिका फोकल पर्सन तेज ओलीले बताए । 

भेरी अस्पतालमा एक सय ६४ बेडको कोभिड अस्पताल सञ्चालनमा छ । ७२ बेडले अपुग भएपछि ९२ बेड थप गरी एक सय ६४ पु¥याइएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए । पाँचवटा भेन्टिलेटर सञ्चालनमा रहेको बताउँदै थप सातवटा जडान हुने क्रममा रहेको उनले बताए । ‘आइसियू वार्ड र कोरोना अस्पताल गरी दुई सय आइसियू बेड सञ्चालनमा छन् । अब भेरीमा आउने कोरोना संक्रमितका बिरामीलाई बेड समस्या हुनेछैन,’ सुपरिटेन्डेन्ट डा. थापाले भने । 

ad
ad